site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जेलेन्स्कीद्वारा अमेरिकी प्रस्ताव अस्वीकार, भन्छन्– मलाई ‘राइड’ होइन हतियार देऊ

सीएनएन । युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनबाट बाहिर निस्कन अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।बेलायतमा अवस्थित युक्रेनी दूतावासकाअनुसार अमेरिकाले उनको सुरक्षालाई मध्येनजर राख्दै राजधानी किभबाट बाहिरिनने बन्दोबस्त मिलाइदिने प्रस्ताव गरेको थियो । 

तर, यसको जवाफमा उनले यस्तो अमेरिकालाई भनेका छन्, “लडाइँ यहाँ हुँदैछ । त्यसैले मलाई अहिले हतियार, गोलीबारुद चाहिएको छ ‘राइड’ होइन । युक्रेनीहरू तिनका राष्ट्रपतिप्रति वास्तवमै गर्व गर्दछन् ।”

शनिबार बिहान पोस्ट गरिएको एक भिडियोमा जेलेन्स्कीले कुनैपनि ‘फेक’ समाचारमा विश्वास नगर्न पनि भनेका छन् । र, सबैलाई आफू राजधानी किभमै भएको विश्वास दिलाएका हुन् । 

“म यहीँ छु । र हामी हतियार बिसाउँदैनौँ । आफ्नो देशको रक्षा गरिरहनेछौँ । किनकि हाम्रो हतियार भनेकै सत्य हो र अहिलेको सत्य भनेको यो हाम्रो भूमि हो । हाम्रो देश हो, यहाँका बच्चाहरू हाम्रा हुन् र हामी यी सबैको रक्षा गरिरहनेछौँ । म सबैलाई यति नै भन्न चाहन्छु । युक्रेनको विजयी होस् ।”

अमेरिकाको राज्य विभागका प्रवक्ताकाअनुसार अहिले रुसी बलको मुख्य टार्गेट भनेकै जेलेन्स्की रहेका छन् । यसअघि राष्ट्रपति जेलेन्स्की आफैँले पनि यो खबर सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro