देश
काठमाडौं । बाँकेमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ गायत्री टोल बस्ने २८ वर्षीय यामबहादुर विश्वकर्मालगायत तीनजना छन् । उनीहरुको साथबाट दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छालासहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ ११:५०
प्रतिक्रिया दिनुहोस्