site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसी अनुमोदन गर्ने माओवादी निर्णयमा चार नेताको असहमति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको छ । निर्णयप्रति पार्टीका चार नेताहरूले असहमति जनाएका छन् ।

आज बिहान पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति राखेका हुन् । उनीहरूले व्याख्यात्मक टिप्पणीको विरोध गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यी चारजना नेताहरू सुरुदेखि नै एमसीसीको विपक्षमा रहँदै आएका छन् । उनीहरूले सत्ता गठबन्धन बचाउने नाममा देशप्रति घात हुने काम गर्न नहुने बताएका थिए ।

यसअघि, माओवादी केन्द्रले एमसीसी संसद्मा टेबल भए सरकार छाड्ने निर्णय गरेको थियो । अन्ततः माओवादी एमसीसी अनुमोदन गर्ने पक्षमा उभिएको छ ।

Royal Enfield Island Ad

पछिल्लो दुई साता माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका थिए । केही कार्यकर्ता गम्भीर घाइते समेत भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro