site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनका राष्ट्रपतिले देश नछाड्ने, सडक भिडन्त सुरु  

किभ । शनिबार बिहान सबेरै रुसी फौज युक्रेनको राजधानी किभतर्फ बढेको छ । त्यहाँका सडकहरूमा दोहरो भिडन्त सुरु भएको छ ।

स्थानीय सरकारी अधिकारीहरूले सहरका बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन आह्वान गरेका छन् ।

Dabur Nepal

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशबाट सुरक्षित ढंगले बाहिरिन सहयोगका लागि अमेरिकाले राखेको प्रस्तावको जवाफ फर्काउँदै आफूले युद्ध भइरहेको आफ्नो मुलुक छाड्न नसक्ने बताएका छन् ।

रुसी फौज किभको कति नजिकसम्म प्रवेश गरिसके भन्ने स्पष्ट हुन सकेको छैन । युक्रेनी अधिकारीहरूले केही हदसम्म आक्रमणको प्रतिवाद गर्न सफल भएको बताएका छन् ।

यसैबीच, रुसी फौजको सानो इकाइले मुख्य फौजलाई किभभित्र प्रवेश गराउन युक्रेनको प्रतिरक्षा स्थितिबारे अनुसन्धान गरिरहेको बताइएको छ । आक्रमण सुरु गरिएको तीन दिनभित्रै यसरी तीव्र गतिमा रुसी फौज अघि बढ्दा युक्रेनको स्वाधीनतामाथि नै प्रश्नचिह्न खडा हुनुका साथै त्यहाँको प्रजातान्त्रिक सरकार अपदस्थ हुने र शीतयुद्ध उत्तरार्धको शान्ति र स्थिरता डामाडोल हुने देखिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले शनिबार एकचोटि फेरि आफ्नो सेनाले रुसी आक्रमणविरुद्ध डटेरै लड्ने अडान दोहोर्‍याएका छन् ।

सहरको मध्यभागमा नै खिचिएको एउटा भिडियोमार्फत उनले भनेका छन्, “मैले सहर छाडेर गएको छैन । युक्रेनी सेनाले हतियार बिसाउँछन् भन्ने दाबी झुटो हो । हामीले मुलुकको रक्षा गर्नेछौँ । हाम्रो हतियार भनेकै हाम्रो सत्य हो र हाम्रो सत्य भनेकै हाम्रो राष्ट्र, हाम्रा बालबालिका हुन् । र, हामी ती सबैको रक्षा गर्दछौँ ।” एपीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro