site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखर कोइराला समूहले टुंग्यायो १० जिल्ला सभापतिको उमेदवार (सूचीसहित)
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन २० भित्र सक्नुपर्ने केन्द्रीय निर्वाचन समितिले कार्यतालिका निकालेको छ । कार्यतालिकाअनुसार ६ जिल्लामा यही फागुन १५ गते अधिवेशन गर्नुपर्ने बताइएको छ ।

सोही जिल्ला अधिवेशनका लागि शेखर कोइराला समूहले १० जिल्लाका लागि जिल्ला सभापतिको उमेदवारको टुंगो लगाएको छ । शेखर समूहको शुक्रबार बालुवाटार सम्पर्क कार्यालयमा बसेको बैठकले १० जिल्लामा आफ्नो समूहबाट उठ्ने जिल्ला सभापतिको उमेदवार फाइनल गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकबाट १० जिल्लामध्ये ८ जिल्लामा आफ्नो ‘सिङ्गल’ उमेदवार खडा गर्ने निर्णय भएको छ । शेखर समूहले अछाम र बारामा भने अर्को समूहको उमेदवारलाई सहयोग गर्ने भएको छ ।

“बैठकमा हाम्रो समूहका पदाधिकारी, समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू तथा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरु घिमिरेलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो,” बैठकमा सहभागी एक नेताले भने,“हामीले १० जिल्लाको उमेदवार टुंगो लगायौँ । बाँकी रहेका ६ जिल्लाको उमेदवार पर्सिसम्म टुंगो लगाउँछौँ ।”

Royal Enfield Island Ad

शेखर समूहले सप्तरीमा रामदेव साहलाई जिल्ला सभापति उठाउने निर्णय गरेको छ । यस्तै सिराहमा रामसुन्दर चौधरी सभापतिको उमेदवार बन्ने भएका छन् । धनुषामा दिनेश प्रसौला, सर्लाहीमा लक्ष्मण रायलाई सभापतिको उमेदवार बनाउने निर्णय शेखर समूहले गरेको छ ।

यस्तै, मकवापुरमा जयराम लामिछाने, बाँकेमा नारायण गौडेल, सिन्धुपाल्चोकमा वंशलाल तामाङ तथा नवलपुर महेन्द्रधोज जीसी सभापतिको उमेदवार बनाउने शेखर समूहले निर्णय गरेको छ । 

शेखर समूहको शुक्रबारको बैठकले अछाममा शेरबहादुर देउवा निकट भरत सवारलाई सहयोग गर्ने निर्णय गरेको छ । यस्तै बारामा सहमहामन्त्री उमाकान्त चौधरी निकट मानिने रामानन्द यादवलाई सहयोग गर्ने निर्णय भएको ती नेताले जानकारी दिए । यादव केन्द्रमा शेखर कोइराला निकट मानिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro