site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् बैठकमा उपस्थित हुन लोसपाको ‘ह्वीप’, अध्यक्ष ठाकुरलाई निर्णय गर्ने अधिकार 
SkywellSkywell

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यस्तै, बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्ष वा विपक्षमा मतदान गर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । अध्यक्ष ठाकुरले संसद् बैठक सुरु हुनुअगावै आफ्ना सम्पूर्ण सांसदलाई निर्णय दिनेछन् ।

“अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिए पनि पक्ष वा विपक्ष कता उभिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षज्यूलाई हामीले दिएका छौँ,” सांसद कर्णले बाह्रखरीसँग भने ।

एमसीसी सम्झौतामाथि भोलिको प्रतिनिधिसभा बैठक छलफल हुँदै छ । सम्भव भए पहिलो नभए दोस्रो दिनको संसद् बैठकबाट एमसीसी अनुमोदन गराउने सरकारको रणनीति छ । एमसीसी सम्झौता यही फागुन ८ गते संसद्मा टेबल भएको थियो ।

प्रतिनिधिसभामा लोसपाका १३ सांसद छन् ।

यो पनि पढ्नोस्–

लोसपा भन्छ– हामीले प्रधानमन्त्री देउवालाई सहयोग गर्नुपर्ने दबाब छ
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro