राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने प्रयास भइरहेको बताएका छन् ।
बुधबार पार्टीको वाग्मती प्रदेश कमिटीको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार फुटाउने प्रयास पनि भइरहेको बताए ।
“यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबनधन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइरहेको छ नि,” उनले भने ।
प्रचण्डले आज बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग आफ्नो भेटघाट भएको जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८ १५:४३
प्रतिक्रिया दिनुहोस्