राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मूर्दावाद’, ‘पार्टी फुटाउन पाइँदैन’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायत नारा लगाएका छन् ।
एमालेले कारबाही गरिएका १४ सांसद्को सूचना टाँस नगरिएको भन्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८ १३:२५
प्रतिक्रिया दिनुहोस्