site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
थ्री स्टारले गुमाएको अवसर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । 

बुधबार दशरथ रंगशालमा थ्री स्टारले नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । बुधबारै सम्पन्न पहिलो खेलमा तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबले सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा  हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो अवस्थामा थ्री स्टारसामु तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लिने अवसर थियो । तर पूर्व विजेता थ्री स्टारले त्यो अवसरको सदुपयोग गर्न सकेन । लिगमा दुई चरणका खेल बाँकी हुँदा थ्री स्टार १८ अंकका साथ चौथो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको त्रिभुवन आर्मीभन्दा एक अंकले पछाडि हो भने दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा दुई अंकले पछाडि हो । मनाङले एक खेल कम खेलेको छ । 

नेपाल पुलिस भने ११ अंका साथ दसौँ स्थानमा छ । जुन रेलिगेसन क्षेत्रको ब्रिगेड ब्वाइजभन्दा चार अंकले माथि हो । 

Global Ime bank

थ्री स्टारले रितिक खड्काको गोलबाट २१औँ मिनेटमा अग्रता लिएको थियो । रितिकले संजोक राईको पासमा गोल गरेका थिए । नेपाल पुलिसले ५२औँ मिनेटमा बराबरी गोल फर्कायो । पुलिसका रक्षक सुमन सुवेदीले तेज तमाङको फ्रीकिकलाई सुमनले हेडमार्फत पोस्टको दिशा दिएका थिए । 

बुधबारै दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा साविक विजेता मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा गरेको छ । मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC