site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा चार र महिलामा एक गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भीडन्त हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी ११० खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए ।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।

Global Ime bank

दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सको राम्रो पक्षलाई समेटेर बज्रको प्रतिपादन गरेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय