site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्डियन प्रिमियर लिग : दिल्लीविरुद्ध कोलकाताको सहज जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ । सोमबार इडेन गार्डेनमा सम्पन्न खेलमा दिल्लीले प्रस्तुत गरेको १५४ रनको लक्ष्य कोलकाताले १६.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।  

कोलकाताको जितमा ओपनर फिल साल्टले सर्वाधिक ६८ रन बनाए । उनले ३३ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । 

Dabur Nepal
NIC Asia

कप्तान श्रेयस ऐयरले ३३ वेन्कटेस ऐयरले २६, सुनिल नारिनले १५ र रिंकु सिंहले ११ रन बनाए ।  

दिल्लीका अक्षर पटेलले दुई र लिजाड विलियम्सले एक विकेट हात पारे ।  

त्यसअघि, टस जितेर ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो । दिल्लीका कुलदीप यादवले ३५ रन बनाए । कप्तान ऋषव पन्तले २७, अभिषेक पटेलले १८, अक्षर पटेलले १५ र पृथ्वी सले १३ रन थपे । 

कोलकाताका वरुण चक्रवर्तीेले तीन विकेट लिए । वैभव अरोरा र हर्षित रानाले समान दुई विकेट लिँदा मिचेल स्टार्क र सुनिल नारिनले एक–एक विकेट लिए । 

जितसँगै नौ खेलबाट १२ अंक जोडेको कोलकाता तालिकाको दोस्रो स्थानमा छ । ११ खेल खेल्दा १० अंक जोडेको दिल्ली तालिकाको छैटौं स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro