site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले पाँच विकेट लिए भने नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एक/एक विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११६ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए । उनले ३० बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । यस्तै, विराट भण्डारीले २३ बलमा २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाए ।

कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले समान दुई/दुई विकेट लिए । त्यस्तै, प्रकाश जैशीले एक विकेट झारे ।

Global Ime bank

यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र वाग्मती प्रदेशले समान आठ/आठ अंक जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ००:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय