site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लेवान्डोवस्कीको ह्याट्रिकप्रेरित बार्सिलोनाको सहज जित 

काठमाडौं । रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिकप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–२ को सहज जित निकालेको छ । 

सोमबार भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्कीले ह्याट्रिक गर्दा फेर्मिन लोपेजले एक गोल थपे । भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले गोल फर्काएका थिए । 

Dabur Nepal
NIC Asia

खेलको २२औँ. मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, २७औँ मिनेटमा डुरोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काएका थिए । ३८औँ मिनेटमा पेपेलुले पेनाल्टीमार्फत् गोल गरेपछि भ्यालेन्सियाले २–१ को अग्रता बनाएको थियो । 

तर, ४९औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ८२औँ मिनेटमा लेवान्डोवस्कीकै गोलमा बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो । यस्तै, इन्जुरी समयमा लेवान्डोवस्कीले ह्याट्रिक गरेपछि बार्सिलोनाले ४–२ को जित निश्चित गरेको हो । 

जितसँगै ३३ खेलबाट ७३ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ४७ अंक जोडेको भ्यालेन्सिया तालिकाको आठौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro