राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरू संसद् भवन पुग्न थालेका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित सांसदहरू संसद्मा प्रवेश गरिसकेका छन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सो बैठकमा सहभागी नहुने भट्टराईले जानकारी दिए । बैठक अवरोध जारी राख्ने उनले बताए ।
पार्टीले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८ १२:१९
प्रतिक्रिया दिनुहोस्