राजनीति
काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
“निर्वाचन एक्लै लड्छौं । हामीमाथि जनताको विश्वास छ भन्नेमा ढुक्क छौं,” उनले भने,“ जनता र राष्ट्रका लागि हामीले काम गरेका छौं । देश र जनताको हित विपरितको काम अंगिकार गर्दैनौं । नेकपा एमालेले देश र जनताविरुद्ध सार्वभौमसत्ताविरुद्ध काम गर्दैन ।”
अध्यक्ष ओलीले स्थानीय तहले कहीँ कतै तालमेल गरे त्यसमा अवरोध नगर्ने पनि स्पष्ट पारे । उनले राष्ट्रियस्तरमा कुनै गठबन्धन नहुने जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८ १४:४०
प्रतिक्रिया दिनुहोस्