site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्ने

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण पनि यस खेललाई निकै महत्वपूर्णका साथ हेरिएको छ । खेल ओमानको मस्कटस्थित अल अमारतमा रहेको ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपालले गत असोजमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय शृङ्खला पनि सोही मैदानमा खेलेको थियो । तर ट्वान्टी–२० अन्तर्राष्ट्रिय भने १० अक्टोबर २०१९ पछि पहिलोपटक खेल्न लागेको हो । ओमानमै सम्पन्न खेलमा नेपाल ओमानसँग ६ विकेट पराजित भएको थियो । 

ग्लोबल क्वालिफायरमा पनि ओमन नेपाल एकै समूहमा परेका छन् । त्यसकारण पनि आजको खेल जित्दै प्रतियोगितामा मनोबल उच्च बनाउन पनि नेपालका लागि यो खेल महत्वपूर्ण हुनेछ । ग्लोबल क्वालियर ‘ए’को समूह दुईमा ओमान, नेपाल क्यानडा र फिलिपिन्स रहेका छन् । समूह एकमा बहराइन, जर्मनी, आयरल्यान्ड र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro