site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढ्यो दूधको मूल्य (मूल्यसूचीसहित)

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ । डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जनाएको हो । 

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागु भएर प्रतिलिटर ८५ रुपैयाँ भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौं उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम भएकाे छ । 

यसअघि काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० रुपैयाँ तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर रु दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य आजदेखि लागु हुने डीडीसीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro