site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना संक्रमण घट्यो, मृत्यु संख्या किन घटेन ?
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा पुसयता उच्च बनेको कोभिड १९ को संक्रमण माघ तेस्रो सातायता घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ २६ गतेको तथ्यांकअनुसार टेस्ट पोजिटिभ दर १४.६७ प्रतिशतमा झरेको छ । अहिले देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित छन् भने दैनिक थपिने संक्रमितको संख्या २ हजार ५ सयभन्दा कम रहेको छ । तर, संक्रमणबाट मृत्यु हुनेको संख्या भने दैनिक थपिने संक्रमितको तुलनामा बढी छ ।

पछिल्लो साता पनि दैनिक मृत्यु हुनेको संख्या १० भन्दा माथि नै रह्यो । संक्रमण निरन्तर ओरालो लागिरहेका बेला मृत्यु हुनेको संख्या बढी देखिनुमा विज्ञहरूका तर्क यस्ता छन् । 

संक्रमण उच्च भएको केही साता मृत्यु हुनेको संख्या बढ्छ
नेपालमा कोभिड १९ संक्रमणको दोस्रो लहरमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको थियो । संक्रमण उत्कर्षमा पुगेको दुईदेखि तीन सातासम्म मृत्यु हुनेको संख्या बढ्नु स्वाभाविक भएको विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला संक्रमण उच्च भएपछिको १० देखि १४ दिन अवधिको 'ब्ल्याक पिरियड'मा संक्रमित सिकिस्त हुने र मृत्युसम्म पुग्ने सम्भावना रहने बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैले संक्रमण उच्च भएको दुई साता पछिसम्म पनि मृत्युको संख्या केही बढ्नसक्ने देखिन्छ । 

कोरोना संक्रमण नभएपनि यी तीन महिना दीर्घरोगी र वृद्धवृद्धाको मृत्यु बढ्छ 
पछिल्लो समय कोभिड १९ संक्रमण भएर अस्पताल भर्ना हुनेको संख्या निकै कम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा ३० हजार २४१ सक्रिय संक्रमितमध्ये १ हजार १२४ जना अस्पताल भर्ना भएका छन् । तीमध्ये पनि २४२ जना आईसीयूमा र ४२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Royal Enfield Island Ad

संक्रमितको तुलनामा अस्पताल भर्ना हुनेको यो संख्या कम हो ।

त्रिवी शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम अन्य रोग लिएर अस्पताल आउनेहरूमा पनि उपचारको क्रमम कोभिड १९ संक्रमण पुष्टि हुने गरेको र उनीहरू निमोनियाको अवस्थासम्म पुग्ने गरेको बताउँछन् । यसरी भर्ना हुनेमा अधिकांश दीर्घरोगी र वृद्धवृद्धा भएको उनी बताउँछन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन डिसेम्बरदेखि जनवरीसम्म नेपालमा सामुदायिक निमोनियाका कारण धेरै मृत्यु हुने अवधि रहेको बताउँछन् । यो समयमा मौसम, संक्रमण आदी अन्य कारणले पनि निमोनिया बढी हुने र त्यसले सबैभन्दा छिटो दर्घिरोगी र वृद्धवृदालाई असर गर्नले उनले बताए ।

"यसरी हेर्ने हो भने अहिले भइरहेको मृत्युलाई कोभिड १९ सँगमात्रै जोडेर हेर्न मिल्दैन," उनले भने ।

संक्रमण उच्च भएयता मृत्यु हुनेमा ८० प्रतिशत ५० माथिका नागरिक 
नेपालमा माघ १ गतेयता कोभिड १९ संक्रमणबाट २३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तीमध्ये १९० जना ५० वर्षमाथिका नागरिक रहेका छन् ।

यसअघि संक्रमणका दुईवटा लहरमा पनि ६९ प्रतिशत मृतक ५० वर्षमाथिका नागरिक रहेका छन् । यो उमेरका नागरिकलाई गम्भीर संक्रमण हुने, लामो समयसम्म आइसीयुमा उपचार गर्नुपर्ने, संक्रमणमुक्त भएपछि पनि अक्सिजनको सपोर्ट चाहिने, पटकपटक संक्रमण हुनेजस्ता पोस्ट कोभिड समस्याहरू देखिने गरेको चिकित्सकहरूको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro