site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्थानीय तह निर्वाचनले खर्च बढाउनेमा अर्थ मन्त्रालय आशावादी
SkywellSkywell

काठमाडौं । स्थानीय तहको निर्वाचनले खर्च बढाउने र त्यसले आर्थिक वृद्धिलाई समेत सकारात्मक योगदान दिने अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्रालयले यस्तो जनाएको हो ।

अर्थसचिव मधुकुमार मरासिनीले संशोधित लक्ष्यानुसार पुँजीगत खर्च गर्न सकिने बताए । स्थानीय तह निर्वाचनका कारण पनि खर्चमा वृद्धि आउने उनको भनाइ छ । “स्थानीय तहको निर्वाचनले पनि आर्थिक वृद्धिमा सघाउ पु¥याउँछ कि भन्ने छ । बजेटका कारण पनि उत्साहजनक खर्च हुन्छ भन्ने अपेक्षा गरेका छौँ,” उनले भने ।

Dabur Nepal
NIC Asia

अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक मुद्राको चाप कम गर्न उपाय खोजिएको बताए । उनले वैदेशिक मुद्राको चाप परेकोलाई कम गर्न विभिन्न उपाय अलवम्बन गरिएको जानकारी दिए । “गैरआवासीय नेपालीलाई डलरमा खाता खोल्न प्रोत्साहन गरिएको छ,” उनले भने, “अझै अन्य उपाय अवलम्बन गरिनेछ ।”

वैदेशिक सहायताको कार्यान्वयनमा देखिएको समस्या समाधान गरिने भन्दै उनले वैदेशिक लगानीमा रहेका आयोजनाको छुट्टै अनुगमन गरिने पनि बताए ।

उनले योजना छनोटमा नै समस्या रहेको दोहोर्‍याए । स्रोत व्यवस्थापनबिनाको योजना मुख्य समस्या रहेको उनको भनाइ थियो । “बजेट प्रणालीमा सुधार गर्नुपर्ने, स्थानीय, प्रदेश र संघले गर्ने काम नदोहोरिने तरिकाले योजना बनाउनुपर्ने देखेको छु,” उनले भने, “परियोजना/कार्यक्रम दोहोरिने/तेहरिने गरेको छ, त्यसलाई सुधार गर्नुपर्ने आवश्यक छ ।”

अर्थमन्त्री शर्माले ‘क्यापिटल फ्लाइट’ भइरहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu