site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटी एक्सप्रेसको दसैँ अफर, पठाएको रकमको १८ गुणा बढी जित्न सकिने
SkywellSkywell

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने '१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौ गुणा' उपहार योजना घोषणा गरेको छ । लगातार ९० दिनसम्म चल्ने योजनामा विभिन्न किसिमका उपहार योजना छन् ।

यसअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना दुईजनालाई सामसङको स्मार्ट फोन मिल्ने भएको छ । हरेक हप्ता दुईजनालाई सामसुङको स्मार्ट टीभी र ९० दिनसम्म लगातार हरेकदिन १८ जना विजेतालाई जनही ५०० रुपैयाँको वालेट टपअप मिल्ने भएको छ ।

Dabur Nepal
NIC Asia

योजनाको अन्त्यमा एकजना बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अफर असोज १ देखि मंसिर ३० गतेसम्म चल्नेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनोट विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।

विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै, सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu