site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईएसएमटी कलेजको जब फेयर सम्पन्न, १९ कम्पनीमा २०० विद्यार्थीले दिए अन्तर्वार्ता

काठमाडौं । काठमाडौंको गैरिगाउँस्थित आईएसएमटी कलेजले ‘आईएसएमटी जब फेयर’सम्पन्न गरेको छ । गत शुक्रबार कलेजकै प्रांगणमा कलेजले जब फेयर सम्पन्न गरेको हो ।

फेयरमा लिपफ्रग टेक्नोलोजी, होटेल याक एन्ड यती, काठमाडौं मेरियट होटेल, निओ हस्पिटालिटी, सैजो सेवा, फोर सेमेन्ट्रोन्स, फ्युजमेसिन, जेनिस सोलुसन्स, युरेनस कम्पनी, नेपाल होलिडे ग्रुप, अलिस रेस्टुरैन्ट, एनसीलाउड, बज्र टेक्नोलोजिज, डिश मिडिया नेकवर्क, आकाश टेक्नोलोजिज, चौधरी ग्रुप र वर्ल्डलिंकलगायत १९ कम्पनीले आफ्नो स्टल राखेका थिए ।।

जब फेयरमा अध्ययन सक्काएका र अध्ययनरत २०० विद्यार्थीले कम्पनीहरूमा अन्तर्वार्ता दिएका थिए । आईएसएमटी कलेजले वर्षमा कम्तीमा दुईवटा यस्ता जब फेयर आयोजना गर्दै विद्यार्थीलाई आफ्नो करियर सुरु गर्न मद्दत गर्ने गरेको बताएको छ । यसले पढाइपछि विद्यार्थीलाई जागिर खोज्न कम्पनी धाउन नपर्ने कम्पनीको विश्वास छ ।

बेलायतको युनिभर्सिटी अफ सुन्दरल्यान्डबाखट सम्बन्धन प्राप्त कलेजले बीबीए, बीएचएम, बीएससी आईटी, बीएससी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । चितवन, पोखरा, विराटनगर र बुटवलमा समेत आईएसएमटीका कलेज सञ्चालनमा छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro