site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकहरूको औसत नाफामा सुधार, तर सात बैंकको नाफा गत वर्षभन्दा घट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । वाणिज्य बैंकहरूले साउनमा नौ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, गत वर्षको साउनको तुलनामा २० वाणिज्य बैंकको औसत नाफा ७.६४ प्रतिशत वृद्धि भएको हो ।

गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा कृषि विकास, नेपाल एसबीआई, प्रभु र सानिमा बैंकले नाफामा उलेख्य वृद्धि गरेका छन् । कृषि विकास र नेपाल एसबीआई बैंकले त १०० प्रतिशतभन्दा बढीले नाफा वृद्धि गरेका छन् ।

सातवटा बैंकको भने नाफा घटेको छ । यसरी नाफा घट्नेमा नेपाल, एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आईएमई र हिमालयन बैंक छन् ।

सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक छ । गत वर्षको साउनमा ३६ करोड चार लाख रुपैयाँ नाफा गरेको नेपाल बैंकले यस वर्षको साउनमा २२ करोड ३९ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको छ ।

तर, यस वर्षको साउनमा सर्वाधिक नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । यस बैंकको नाफा गत वर्षभन्दा घटेको भएपछि अन्य १९ वाणिज्य बैंकको भन्दा बढी भएको छ । यस बैंकले साउनमा ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कुन बैंकको नाफा कति ?

Banks-List-1726496776.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro