अर्थ व्यवसाय
काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ (पाँचौ संशोधन, २०७८)लाई स्वीकृत गरेको छ । माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको हो ।
स्रोतकाअनुसार विश्व बैंकले वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धमा केही सर्त राखेको र अर्थ मन्त्रालयको निर्देशनमा बोर्ड सञ्चालक समितिले निर्णय गरेर संशोधन गर्दै स्वीकृतिका लागि पठाएको थियो ।
मन्त्रालयले गरेको पत्राचारको आधारमा धितोपत्र बोर्ड सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिका लागि पठाएको बोर्ड स्रोतको दाबी छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८ १५:४८
प्रतिक्रिया दिनुहोस्