site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘स्वार्थको लागि नै सत्ता गठबन्धन’
Siddhartha BankSiddhartha Bank

विराटनगर । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले गठबन्धनको सरकारसँग संसद् (१६५ सिट)को बहुमत भएकोले एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् ।

सरकार चुनाव गराउन जिम्मेवार ढंगले अघि नबढेको भन्दै बरु गठबन्धन परसम्म धकेलेर सत्तामा रहिरहन नेपाली कांग्रेस लागिपरेको उनको आरोप छ । शनिबार विराटनगरमा आयोजित कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा ढकालले बहुमतको गठबन्धन सरकार चुनाव टाल्न अग्रसर रहेको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“निर्वाचन नगराउने अनि गठबन्धन परसम्म कायम गराउने हो भने एमसीसीको पक्षमा प्रचण्ड र माधव नेपालको बाहुलीबाट मतदान गरेर एमसीसी पारित हुँदैन । स्वार्थको लागि नै सत्ता गठबन्धन भएको हो । १६५ सिट भएकोले पास गर्न कसले रोक्छ ?,” उनले भने, “हामीले संसद् अवरोध गरे पनि कानुन पास गराउने काम त भएकै छन् । तर, विषयलाई स्वार्थको लागि विषयान्तर गराउने प्रयास भएको छ । एमसीसी पारित गरे भइगयो नि ।”

ढकालले एमसीसीबारे आफ्नो दलको पछिल्लो धारणाबारे भने केही पनि बताएनन् ।

Global Ime bank

स्थानीय तहको अवधि पाँच वर्षपछिको ६ महिना सबैका लागि हो भन्ने सन्देश सरकारले दिन खोजेको र चुनाव नगर्ने षडयन्त्र भइरहेको उनको भनाइ थियो । उनले भने, “चुनाव समयको माग हो, हामी निर्वाचनको पक्षमा छौँ । संविधान र कानुनले व्यवस्था गरेअनुरूप हुनुपर्छ । पाँच वर्षमा चुनाव हुनुपर्छ भन्ने संविधानले किटानी व्यवस्था गरेको छ । पद रिक्तता संविधानमा कल्पना छैन । म्याद सकिएपछि स्थानीय तहका पदाधिकारीले चलाउने भन्ने छैन ।”

पाँच वर्ष पुगेको ६ महिनापछि गर्न पाइन्छ भन्ने तर्क ल्याएर जनतालाई झुक्काउने प्रयास भएको भन्दै उनले कार्यकारी निर्वाचित हुने दुई प्रक्रिया रहेको चर्चा गरे । “केन्द्र र प्रदेशमा जनताले प्रतिनिधि छानेर प्रतिनिधिले कार्यकारी छान्छन् । तर, स्थानीय तहमा भने जनताले छान्ने परिपाटी छ । गाउँपालिका र नगरपालिकाका प्रमुख अनि वडाध्यक्षसहितका पदाधिकारी जनताले छान्ने हो,” ढकालले भने ।

कार्यक्रममा पत्रकार नेत्र पी आधिकारी र घनश्याम भण्डारीलाई कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement