site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल पर्यटन बोर्ड खारेज गर्ने तयारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड खारेजको गृहकार्य गरेको छ । 

मन्त्रालयले कोभिड १९ को प्रभावका कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान गर्न, पर्यटन व्यवसायीहरुको समस्या पहिचान एवम् समाधान गर्न राय, सल्लाह, सुझाव दिन भन्दै मन्त्री प्रेम आलेको अध्यक्षतामा पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सो समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्न र गराउन मन्त्रीस्तरीय निर्णयबाट राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरिएको छ ।
 
पर्यटन मन्त्रालय स्रोतका अनुसार नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग खारेज गरी पर्यटन प्रबद्र्धन केन्द्र बनाउने तयारी भएको हो । सोही अनुरुप यो समिति गठन भएको स्रोतले बतायो ।
 
तर, मन्त्री आलेले भने कोभिडबाट थला परेको पर्यटन क्षेत्रको हकहितका लागि सल्लाह, सुझावसहित निकास दिन प्राविधिक समिति गठन गरिएको बताए । उनले पर्यटन बोर्ड र पर्यटन विभागको काउन्टरका लागि नभएको दाबी गरे ।
 
नेपाल पर्यटन बोर्ड किन खारेज गर्न लाग्नुभएको हो भन्ने बाह्रखरीको प्रश्नमा मन्त्री आलेले भने, “खारेज गर्न खाजेको होइन कि केही समयको लागि पर्यटन रिभाइभल समिति बनाएको हो । होटेल, पर्यटन, हवाई जहाजलगायत पर्यटनसँग सम्बन्धित सबै पक्षलाई समेटेर उच्चस्तरीय समिति बनाएको हो । पर्यटन बोर्ड, पर्यटन विभागको काउन्टरमा बनाएको होइन ।”
 
उनले गठन गरिएको प्राविधिक समिति विज्ञहरुको टिम भएको र उनीहरुको सल्लाह, सुझावअनुसार मन्त्रिपरिषद्बाट गर्नुपर्ने र मन्त्रालयले गर्नुपर्ने विषयबारे सल्लाह सुझाव दिन बताए । “यो रिभाइल कमिटि हो, कसैको काउन्टरका लागि होइन”, उनले दोहो¥याए ।  
 
उनले प्राविधिक समितिमा नेपाल एयरलाइन्स, निजी क्षेत्रबाट प्रतिनिधि विज्ञहरु राखेको बताए । उनले निजी क्षेत्रका प्रतिनिधिहरु राखेको भनेता पनि समितिमा पर्यटन व्यवसायसँग सम्बन्धित प्रमुख संस्थाहरुलाई राखिएको छैन । नेपाल एयरलाइन्सबाट दुई जना क्याप्टेनलाई सदस्य राख्दा निजी क्षेत्रका वायुसेवा संचालकहरुबाट एक जना पनि समेटिएका छैनन् ।  
 
गिरी संयोजक रहेको उक्त समिति १२ सदस्यीय रहेको छ । समितिमा अर्थ, पर्यटन मन्त्रालयका उपसचिव, पर्यटन विभागका उपसचिवस्तरिय प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, पर्यटन बोर्डको निर्देशक स्तरको प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधि रहेका छन् ।

यस्तै नेपाल एयरलाइन्सका दुईजना क्याप्टेन उद्धव घिमिरे र सुरज भण्डारी, लुम्बिनी संग्राहालय अध्यक्ष सुम्निमा उदास, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडेल सदस्य रहेका छन् । समितिको सदस्य सचिव पर्यटन मन्त्रालयका पर्यटन प्रबद्र्धन शाखा उपसचिवलाई तोकिएको छ ।
 
“एयरलाइन्सहरु, होटेलहरु, टान, हान, नाटा, पर्वतारोहरणमा कसरी बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ भनेर पर्यटन प्रबद्र्धनको लागि यसले सहयोग गर्ने हो,” मन्त्री आलेले भने । बोर्ड र यो समितिको प्रकृति फरक रहेको उनको दाबी छ । “यसले गहिराइमा गएर अध्ययन गर्छ । व्यवसायीहरुको समस्या ल्याउँछ । कसरी समाधान गर्ने भनेर यो विज्ञ टिमले सुझाव दिन्छ,” उनले भने ।  
 
पर्यटनसँग सम्बन्धित एक संस्थाका अध्यक्षले भने पर्यटन क्षेत्रसँग सम्बन्धित प्रमुख संस्थाहरुलाई नै नराखी बनाइएको समितिले कस्तो सुझाव देला ? भन्ने प्रश्न गरे । “पर्यटन क्षेत्रको वास्तविक कुरा हामीलाई थाहा हुन्छ । तर, यो समितिमा टान, हान, नाट्टा, नेपाल पर्वतारोहरण संघ, निजी वायुसेवा संचालक संघ छैनन् । किन राखिएन थाहा भएन” उनले भने ।
 
मन्त्री आलेका अनुसार यो समिति थोरै अवधिको समिति हो । “यसको अवधि २ महिना पनि हुन सक्छ, ६ महिना पनि हुन सक्छ । तर, सर्ट टर्मको लागि हो,” उनले भने ।
 
यो समितिको पहिलो बैठक बुधबार बस्ने मन्त्री आलेले बताए ।
 
समिति सदस्य बनाइएकाहरुलाई दिइएको पत्रमा भनिएको छ, “पर्यटन उद्योगका नयाँ सम्भावनाहरुको खोजी, पहिचान तथा प्रवद्र्धन गर्नको लागि यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी स्वरोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानमा बृद्धि गर्ने अभिप्रायले सरोकारवालाहरुसँग समन्वय एवं सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाब उपलब्ध गराउन निर्देशक समिति गठन गरिएको हो ।”
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro