site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । बुधबार औद्योगिक व्यापार मेला बुटवल–२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । सरकारले जुनसुकै बाटो अपनाएर पनि महसुल उठाउन सक्ने भन्दै उनले लाइन काटेर समस्याको समाधान नहुने उल्लेख गरे ।

साथै, व्यवसायीहरूको इमान्दारिताको आवश्यकता रहेको बताए । बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको उनको भनाइ थियो । क्षणभरमा सकिने काम १०औँ वर्षदेखि अल्झाएर राखिएको बताए ।

"लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदि महसुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खाली के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरूमा इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय छ । जम्माजम्मी कुरा हो, उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो । सदनमा चर्चा चल्यो । अचम्म लाग्छ मलाई," उनले भने, "प्राधिकरणको समस्या के हुन्, यसको छानबिन गर्न मन्त्रालयले कमिटी नै गठन गरेको छ ।"

मन्त्री खड्काले सबैले इमान्दारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro