देश
काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु गरेको एक वर्ष पूरा भएको छ । २०७७ माघ १४ गतेदेखि अग्रपङितमा खटिने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु भएको थियो ।
एक वर्षको अवधिमा नेपालमा कुल जनसंख्याको ४५.२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । सरकारले लक्षित गरेका १२ वर्षमाथिका नागरिकमध्ये १ करोड ३७ लाख ३४ हजार ३९० जनाले दुई डोज र १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले पहिलो डोज खोप लगाएका छन् ।
त्यस्तै २ लाख ८२ हजार ७२४ जनाले बुस्टर डोज खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यो एक वर्षको अवधिमा विभिन्न देशको अनुदान र सरकारले खरिद गरेको गरी जम्मा ४ करोड २० लाख ४९ हजार ६४० हजार डोज खोप भित्रिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८ १२:३६
प्रतिक्रिया दिनुहोस्