site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्रीको निर्देशन
SkywellSkywell

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै उनले बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन् । यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक मात्रै नभई कानुनी कामलाई पनि अघि बढाएर लैजाने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए । उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरूलाई अनलाइनमा राख्नका लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए ।

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढिरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu