site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेदभेदेभको सानदार पुनरागमनमा जित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दोस्रो वरीयाताप्राप्त ड्यानिल मेदभेदेभले बुधबार फेलिक्स एगर–एलिसिमेलाई ३–२ को हराउँदै अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

यूएस ओपन विजेता रुसका मेदभेदेभले पहिलो दुई सेट गुमाएका थिए । तर, बाँकी सेटमा सानदार पुनरागमन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । लगातार दोस्रो ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका मेदभेदेभले क्यानडाका एगर–एलिसिमेलाई हराउन ४ घण्टा ४२ मिनेट लगाएका थिए । 

Agni Group
NIC Asia

मेदभेदेभले नवौँ वरीयाताप्राप्त एगर–एलिसिमेलाई ६–७(४÷७), ३–६, ७–६(७/२), ७–५, ६–४ को स्कोरमा हराएका हुन् । २५ वर्षे भेदभेदेभले अब फ्रेन्च ओपनका उपविजेता स्टेफानोस सिटसिपसविरुद्ध खेल्नेछन् । 

चौथो वरीयाताप्राप्त सिटसिपसले जानिक सिनरलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए । ग्रिसका सिटसिपसले पछिल्लो पाँच ग्रान्ड स्लामको क्वार्टरफाइनल जितिसकेका छन् । तर, अहिलेसम्म उपाधि भने जितेका छैनन् । 

Global Ime bank

सिटसिपसले ११औँ वरीयाताप्राप्त इटालीका सिनरलाई ६–३, ६–४, ६–२ को स्कोरमा हराएका हुन् । पुरुषतर्फको अर्के सेमिफाइनलमा राफेल नाडाल र माट्टेयो बेरेट्टिनीले प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu