राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । कर्णालीबाट राष्ट्रियसभामा अपांगता भएका, महिला र अन्य गरी तीनजना निर्वाचित हुनेछन् ।
कर्णालीमा प्रदेश र स्थानीय तहका मतदाताका लागि निर्वाचन कार्यालय सुर्खेतमा दुईवटा मतदान केन्द्र तोकिएको छ ।
कर्णालीमा प्रदेशसभा सदस्य ३५ र पालिकाका प्रमुख र उपप्रमुख १५६ गरी १९१ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ रहनेछ ।
मतपरिणाम आजै सार्वजनिक हुने बताइएको छ । निर्वाचनका लागि बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८ १०:०३
प्रतिक्रिया दिनुहोस्