राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ ।
लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा तीन पदका लागि मतदान सुरु भएको हो ।
दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८ ०९:२७
प्रतिक्रिया दिनुहोस्