काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १६ जिल्लाको जिल्ला अधिवेशन पुनः स्थगित भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन स्थगन भएको जानकारी दिएको हो ।
विज्ञप्तिमार्फत समितिले माघ ६ गते (हिजो) बैठक बसेर हाललाई स्थगन गरिएको जनाएको हो । समितिले यसअघि विज्ञप्ति जारी गर्दै माघ १५ गते जिल्ला अधिवेशन गर्ने बताएको थियो ।
समितिले आमजनजीवन सामान्य बनेपछि अधिवेशन गरिने विज्ञप्तिमा उल्लेख गरेको छ । कांग्रेसले मधेस प्रदेशका ८ जिल्ला तथा मकवानपुर, सिन्धुपाल्चोक, चितवन लगायत १६ जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन ।
यसअघी कांग्रेसले पुस २७ गते अधिवेशन गर्ने तय गरेको थियो । राष्ट्रिय सभा निर्वाचनको कारण देखाएर माघ १५ लाई सारिएको अधिवेशन पुनः स्थगन गरिएको हो ।