site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनाइटेडको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले बुधबार राति इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३–१ ले हराएको छ । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको युनाइटेडले ५५औं मिनेटमा एन्थोनी एलान्गाको गोलबाट अग्रता लिएको थियो । १९ वर्षे एलान्गाको प्रिमियर लिगमा यो चौथो खेल हो । उनले फ्रेडको पासमा गोल गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मासन ग्रिनउडले ६२औं मिनेटमा अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा मार्कुस राशफोर्डले तेस्रो गोल थपेपछि युनाइटेड सहज जित निकाल्न सफल भएको हो । खेल सकिन पाँच मिनेट बाँकी हुँदा इभान टोनीले गरेको गोल ब्रेन्टफोर्डका सान्त्वना बन्यो ।

ग्रिनउड र राशफोर्डको गोलमा ब्रुनो फर्नान्डेजले गोलको अवसर सिर्जना गरिदिएका थिए । खेल सकिन २० मिनेट बाँकी हुँदा मैदान प्रवेश गरेका क्रिष्टियानो रोनाल्डोले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । रोनाल्डो सोमबार रातिमात्रै फिफा विशेष अवार्डबाट सम्मानित भएका थिए । 

Global Ime bank

‘‘पहिलो हाफमा सबैपक्षबाट कमजोर प्रदर्शन भयो,’’ युनाइटेडका प्रशिक्षक राल्फ राङ्कनिकले भने, ‘‘दोस्रो हाफमा हामीले सुधार गर्यौं । आक्रमणबाट दबाब सिर्जना गर्यौं । काउन्टर अट्याकमा सही निर्णय लिन सक्यौं । जसबाट गोल पनि निस्कियो । त्यसले खेलमा फरक पार्यो ।’’

जितपछि २१ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर युनाइटेड सातौं स्थानमा छ । जुन चौथो स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले पछाडि हो । तथापि, वेष्ट ह्यामले एक खेल बढी खेलेको छ । १९ खेलबाट ३६ अंक जोडेको टोटनहम पाँचौं स्थानमा छ भने २० खेलबाट ३५ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC