site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक भिलेन रिर्टन्स’मा जोनको पारिश्रमिक २१ करोड भारु, तीन वर्षमा ३ गुणा वृद्धि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुम्बई । अभिनेता जोन अब्रहामले चलचित्र ‘एक भिलेन रिर्टन्स’का लागि २१ करोड भारु पारिश्रमिक पाएका छन् । चलचित्र ‘सत्यमेव जयते’ र ‘बाटला हाउस’को सफलतापछि अभिनेता अब्रहामले आफ्नो पारिश्रमिक बढाइरहेका छन् । 

चलचित्र ‘पठान’का लागि २० करोड पारिश्रमिक लिएका उनले त्यसको एक महिनालगत्तै ‘एक भिलेन रिर्टन्स’मा २१ करोड पारिश्रमिकमा सम्झौता गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ, “उनको बजार भाउ उकालो चढिरहेको छ । बाटला हाउसमा पाएको पारिश्रमिक सत्यमेव जयते भन्दा बढी थियो । एसएमजी २ मा पाएको पारिश्रमिक बाटला हाउस भन्दा बढी थियो । पठानका लागि पाएको पारिश्रमिक एसएमजी २ भन्दा बढी थियो । अन्तत: एक भिलेन रिर्टन्सको पारिश्रमिक पठानको भन्दा बढी छ । पछिल्लो ३ वर्षयता जोनको अभिनयको पारिश्रमिक ७ करोड ‍बाट २१ करोड पुगेको छ ।”

यस अर्थमा पछिल्लो तीन वर्षमा कोरोना महामारीका बाबजुद पनि उनको पारिश्रमिक तीन गुणाले वृद्धि भएको छ ।

Royal Enfield Island Ad

‘एक भिलेन रिर्टन्स’ २०२२ जुलाई बकर ईदको मौका छोपेर रिलिज गर्ने तयारी रहेको छ । चलचित्रमा जोन अब्राहमका साथै, अर्जुन कपुर, दिशा पटानी र तारा सुतारिया मुख्य भूमिकामा छन् । मोहन सुरीको निर्देशन रहेको चलचित्र ‘एक भिलेन’ को सिक्वेल हो । छायांकन सकेर चलचित्र यतिबेला पोस्टप्रोडक्सनको काममा छ ।

बलिउड हंगामाबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro