site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैशाखमा चुनाव गर्न कानुनी झमेला ! सरकार किन आलटाल गर्दैछ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई गत पुस ९ गते स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ गते गर्दा उपयुक्त हुने सुझाव दियो । दोस्रो चरण वैशाख २२ गते गर्न सकिने आयोगको प्रस्ताव छ । 

त्यस्तै पुस ३० गते आयोगले सर्वदलीय बैठक डाकेर माघ पहिलो साता निर्वाचनको मिति तोकिसक्नुपर्ने पनि भन्यो ।

तथापि सरकारले हालसम्म निर्वाचनको मिति घोषणा गरेको छैन ।  आयोगले पुनः सरकारसँग स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्ने तयारी गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

छलफलका लागि आयोगले प्रधानमन्त्रीसँग ३ दिनभित्र समय मिलाउन माग गरेको छ ।  तर, हालसम्म छलफलको मिति टुंगो लागिनसकेको आयोगका एक पदाधिकारीले बताए । 

सरकारले आयोगको परामर्शको व्यवस्था गरेको ती पदाधिकारीको शंका छ । 

Royal Enfield Island Ad

“सरकारले थाहा पाउँदैन कि भनेर आयोगले पटक– पटक भनिरहेकै छ । हामीले केही दिनमा छलफलका लागि फेरि समय मागेका छौँ । तर, छलफलको समयबारे जानकारी आएको छैन,” ती पदाधिकारी भन्छन्,“ आयोगले परामर्श दिए पनि सरकारले त्यसलाई परामर्शको रुपमा नलिएको हो कि भन्ने लाग्छ ।”

स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१, असार १४ र असोज २ मा गरी ३ चरणमा भएको थियो । 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरुको पद समाप्त हुँदैछ । 
निर्वाचन ऐनमा कार्यकाल सम्पन्न हुनु दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 

सोहीअनुसार आयोगले वैशाख मसान्तभित्रै निर्वाचन गरिसक्नुपर्ने जानकारी सरकारलाई गराएको हो ।  उता, संविधानको धारा २२५ मा कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उल्लेख छ  ।

तर, म्याद समाप्त भएको ६ महिना स्थानीय तह कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले वैशाखमा नै निर्वाचन गरिनुपर्ने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।

“संविधानमा स्थानीय तहका पदाधिकारीको कार्यकाल ५ वर्ष रहने उल्लेख छ । पदाधिकारीको म्याद सकिएको छ महिनाभित्र निर्वाचन गराउन सक्ने भनिएको छ । तर, बाँकी ६ महिना स्थानीय तह कसरी सञ्चालन गर्ने ? भन्ने स्पष्ट छैन । त्यसैले समयमा नै निर्वाचन हुनुपर्दछ भन्ने हामीले सरकारलाई जानकारी गराएका छौं, ” उनी भन्छन् । 

विगतमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले पछिल्लो चरणमा निर्वाचन भएका पदाधिकारीको म्यादअघि नै निर्वाचन गर्न नहुने विषय पनि उठेको छ ।

तर, निर्वाचन ऐनमा निर्वाचन सुरु भएको पहिलो मितिलाई नै मान्यता दिइएको छ । 

निर्वाचन ऐनको उपदफा २ मा तोकिएको मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गराउन सम्भव नभएमा तोकिएको मितिबाट निर्वाचन सुरु हुने गरी दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन सम्पन्न गर्न अलग मिति तोक्न सक्ने उल्लेख छ । 

त्यस्तै उपदफा ४ मा आयोगको परामर्शमा तोकिएको मितिमा नै सम्पन्न भएको मानिने उल्लेख छ । 

“उपदफा २ बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा १ बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिनेछ,” उपदफा ४ मा भनिएको छ ।

प्रमुख आयुक्त थपलिया जुन मितिदेखि निर्वाचन सुरु भएको हो अन्तिम चरणमा पनि सोही मानिने भएकाले सो विषयमा कन्फ्युजन नरहेको बताउँछन् । 

“जुन दिनदेखि निर्वाचन सुरु भयो र अन्तिम चरणमा भएको पनि एकैपटक भएको मानिने कानुनी व्यवस्था छ । त्यसैले यसमा कन्फ्युजन छैन,” उनले भने । 

संविधानविद् चन्द्रकान्त ज्ञवाली कानुन र संविधान बाझिएको बताउँछन् । 

“पहिले निर्वाचन वैशाख, असार र असोजमा गरी तीन चरणमा भयो । पहिलो चरणलाई कार्यकाल सुरु भएको मानिन्छ भन्ने कानुनमा राखियो । भनेपछि जेठ ५ गते कार्यकाल अन्त्य हुन्छ । जेठ ५ मा नै निर्वाचन गर्‍यो भने संविधान अनुकूल मान्न सकिन्छ । तर, वैशाखमा नै गर्दा त कार्यकाल समाप्त भएको हुँदैन । वैशाखमा नै गर्दा त ६ महिना कार्यकाल बाँकी नै रहन्छ । साढे ४ वर्षमा नै निर्वाचन हुने भयो,” उनको तर्क छ, “संविधानमा निर्वाचन भएको मितिले कार्यकाल पाँचवर्षको हुनेछ भनेको छ । कार्यकाल त्यति हुन सक्नेछ भनेको भए दुई चार महिना यताउता गर्न सकिन्थ्यो । त्यसैले एकदिन पनि तलमाथि गर्न भएन । २ महिना पहिले नै निर्वाचन गर्नुपर्छ भन्ने कानुन संविधानसँग बाझियो ।”

संविधानअनुसार सरकारले कार्यकाल सकिएको ५ महिना २९ दिनभित्र गर्दा पनि कार्यकारिणी अधिकार रहने उनी बताउँछन् । 

तर, संसदले कानुन चाहिँ संविधान अनुकूल बनाउन नसकेको ज्ञवालीको भनाइ छ । 

“५ वर्ष कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ भनेर सरकारलाई संवैधानिक दायित्व दियो । कानुनचाहिँ संविधान अनुकूल बनाउनुपर्थ्यो । संसद्ले संविधान अनुकूल कानुन बनाएन,”उनले भने । 

म्याद सकिएको ६ महिनामा स्थानीय तह सञ्चालन गर्ने भन्ने व्यवस्था उल्लेख नगरिए पनि केयर टेकेर गभरमेन्ट मानेर जान सकिने उनी बताउँछन् । 

“स्वतः म्याद सकिएकाले काम चलाउ सरकार मान्न सकिन्छ । माथिका सरकार चुनाव आउँदासम्म केयर टेकर गभर्मेन्ट हुने तलको सरकार केयर टेकर गभर्मेन्ट नहुने भन्ने प्रश्न हुँदैन । कार्यकारी अधिकार जब समाप्त हुन्छ तब कामचलाउ सरकारमा परिणत हुन्छ । कामचलाउ भन्ने लेखेन भने संविधानले ६ महिनाभित्र गर्न पाउने भन्ने व्यवस्था भएकाले सो समय पाउँछ,” उनी तर्क गर्छन् । 

सरकारले के गर्न सक्छ ? 

कानुन र संविधान बाझिएकाले कानुन संशोधन गर्नुपर्ने उनी बताउँछन् । 

“संविधान अनुकूल कानुन संशोधनको जरुरी छ । २ महिना पहिले निर्वाचन गरिन्छ भन्ने कानुनलाई निर्वाचन भएको मितिले ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने र सो अवधिमा सोही जनप्रतिनिधि नै कामचलाउ हुने व्यवस्था राख्न सकिन्छ,” उनी भन्छन् । 

सरकाले सरकारी विधेयकको रुपमा लगेर प्रस्ताव गर्न सकिने वा अध्यादेशको रुपमा लगेर सो कानुनलाई संविधान अनुकूल बनाउन उनको सुझाव छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro