site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुखको भेला : संघीय संसद्ले बनाउनुपर्ने कानुन बनाउने प्रतिबद्धता

पोखरा । संविधानको अनुसूचीहरूमा तिनै तहको एकल अधिकार, साझा अधिकारका सूचीको व्यवस्था गरिएको छ । तर, ती अधिकार कार्यान्वयन गर्नुपर्ने हुन्छ । एकल अधिकारकै सूचीमा रहेर पनि स्थानीय तह र प्रदेशले बनाउने कानुन संघीय कानुनसँग बाँझिन हुँदैन । बाँझिएको खण्डमा स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्थाका कारण प्रदेश र स्थानीय तहले बनाएका कानुनहरू पनि खारेज हुनुपर्ने अवस्था त छँदैछ, साझा अधिकारसूचीमा रहेका कानुन त झनै संघीय संसद्ले नबनाई कार्यान्वयन हुने सम्भावना छैन ।

प्रदेशको क्षेत्राधिकारमा पर्ने निजामती, प्रहरी, अनुसन्धान लगायतका ऐन संघले नबनाइदिएकै कारण हालसम्म पनि प्रदेशहरू एकल अधिकार पाउनबाट पनि वञ्चित छन् । प्रदेशहरूले निजामती ऐन बनाएर कार्यान्वयन गरेता पनि संघले भने हालसम्म उक्त ऐन बनाउन सकेको छैन ।

कानुन बनाउने प्रदेशसभा, प्रतिनिधिसभाको नेतृत्व सभामुखले गर्छन् । सातै प्रदेशका सभामुख/उपसभामुख, प्रतिनिधिसभाका सभामुख/उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्षको हालै सम्पन्न पोखरा सम्मेलनले नबनेका कानुनको अध्ययन र पहिचान गरी संघीय संसद्बाट कानुन निर्माण गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

शासन व्यवस्थालाई मजबुत पार्न अनुभव साटासाट गर्ने अनि असल सिकाइलाई अनुशरण गर्न भन्दै सात प्रदेश अनि संघीय सभामुख र राष्ट्रियसभाका अध्यक्ष समेत सामेल भएर अन्तर व्यवस्थापिका मञ्च गठन गरिएको छ । सोही मञ्चको मंगलबार र बुधबार बिहानको बैठकबाट उनीहरूले सातबुँदे घोषणापत्र जारी गरेका हुन् ।

मंगलबार बैठकमा प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसामु प्रदेश सभामुखहरूले संघले कानुन नबनाइदिएकै कारण संविधान र संघीयता कार्यान्वयनमा प्रश्न उठिरहेको धारणा राखेका थिए ।

यसबाहेक सभामुखहरूले सदन सरकारको छायाँजस्तो बन्दा कानुन निर्माणमा दलहरूले प्राथमिकता नदिएको बताएका थिए ।

मंगलबार नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाइदिएकै कारण प्रदेशमाथि प्रश्न उठेको बताएका थिए । उनले बारम्बार प्रतिनिधिसभा सदस्यहरू निकम्मा बनेको आरोप समेत लगाउँदै आएका छन् ।

संघले बनाउनुपर्ने कानुन नबनाएको साझा धारणामाथि मञ्चको बैठकले, “संघीयता एवम् संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनका विषयमा तीन तहकै परस्पर सम्बन्ध विकास गर्ने र नबनेका कानुनको अध्ययन र पहिचान गरी संघीय संसद्बाट कानुन निर्माण गर्न पहल गर्ने प्रतिबद्धता” जनाएको छ ।

यसबाहेक सरकारले सभामा पेस गर्ने नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता, पूर्वबजेट छलफल एवम् संसद्बाट अनुमोदित बजेट, बजेटको खर्च समेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसदीय बजेट कार्यालयसम्बन्धी स्थापनाको पहल उनीहरुले गरेका छन् ।

यसका लागि अध्ययन गरी स्थापना गर्ने कार्यका लागि सरकार संग परामर्श गरी संघ र प्रदेश सभासँग सम्बन्धित ऐन तथा नियममा कानुनी प्रबन्ध गर्ने, यसको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय भएको सभामुख देवराज घिमिरेले बताए ।

संसदीय अध्ययन, अनुसन्धान एवम् प्रशिक्षण कार्यलाई व्यवस्थित गर्न संसदीय अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्न पहल गरी जनप्रतिनिधि र कर्मचारीलाई निरन्तर प्रशिक्षणको व्यवस्थापन गर्ने, यसलाई विधायिकी प्रतिष्ठानको रूपमा विकास गर्न पहल गर्ने निर्णय सम्मेलनले गरेको छ ।

संघ र प्रदेशसभामा संसदीय गतिविधिहरूको प्रसारण गर्न संसद्को आफ्नै च्यानल सञ्चालन गर्न पहल गर्ने, संसदीय खुल्लापनलाई प्रवर्द्धन गर्दै संसदीय गतिविधिलाई जनस्तरसम्म पु¥याउन आवश्यक संयन्त्रको विकास गर्ने र संसद् सदस्यहरूको नीतिगत बहसको डिजिटल प्लेटफर्म नीति प्रयोगशालाको सञ्चालन गर्नेसहित सातबुँदे घोषणापत्र सम्मेलनले जारी गरेको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभा उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, सातै प्रदेशका सभामुख, उपसभामुख र संसद् सचिवहरूको उपस्थितिमा सम्मेलन भएको हो ।

संसदीय समितिहरूको कामलाई प्रभावकारी बनाउन समन्वय सहजीकरण गर्न प्रदेश र प्रतिनिधिसभाको नियमावलीमा उपसभामुखहरूको भूमिका स्पष्ट गर्न पहल गर्ने घोषणा पनि पोखराबाट गरिएको छ । मञ्चको ११औँ सम्मेलन सुदूरपश्चिम प्रदेशसभाले व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro