site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टिकटक स्टार बेल्लाले एक वर्षमै ५० लाख डलर कमाइन्

न्युयोर्क । चौबिस वर्षिया टिकटक स्टार बेल्ला पोर्चको इन्स्टाग्राममा झण्डै एक करोड ४३ लाख र टिकटकमा करिब ८ करोड ७३ लाख फलोअर छन् ।

उनले सामाजिक संजालमा ठूलो ठाउँ ओगटेकी छन् । टिकटकमा चार्ली डी एमेलियो र एडिसन रे पछि विश्वमै सबैभन्दा बढी फलो गरिएकी यिनी फिलिपिनी अमेरिकी हुन् । 

Dabur Nepal

सन् २०२० को अगस्टमा चर्चित गायिका मिल्ली बिको गीत ‘एम टू दी बी’ को लिप–सिङ गरेको भिडियो भाइरल भएपछि उनको लोकप्रियताको भाग्य खुलेको हो । अनुहारको जटिल भावभंगी, शानदार फेसन र एनिमेटिड कार्टुनको जस्तो पहिरनको कारण उनको भिडियो अन्यका भन्दा पृथक सावित भएको हो ।

बेल्लाको पेजमा अधिकांश भिडियो लिप–सिङ र संगीतमय नयाँ तरिकाको नृत्यले भरिएका छन् । टिकटक स्टार बेल्लाले एसियाली–अमेरिकी समुदायको हकहित र अधिकारका लागि पनि आवाज उठाउने गरेकी छन् ।

वजनदार गायिका तथा गीतकार पनि रहेका बेल्लाले हालसालै आफ्नो पहिलो एकल गीतको भिडियो जेडएचसि, भाल्किरे, मिया खलिफा, डिना, सव अर्वन, ब्रेटम्यान रक, राखिम र लार्रे जस्ता लोकप्रिय इन्फ्लुएन्सरका साथ प्रस्तुत गरेकी छन् ।

अर्थ सम्बन्धी लोकप्रिय पत्रिका फोर्ब्सका अनुसार बेल्ला चार्ली डी एमेलियो, डिक्सिी डि एमेलियो र एडिसन रेपछि सबैभन्दा बढी पैसा कमाउने टिकटक स्टार हुन् । सन् २०२१ मोनक्लेर, गूगल, टिन्डर, एनवाइएक्स, कस्मेटिक्स र अन्य थुप्रै कम्पनीसँग आफ्नो लोकप्रिय हुँदै गइरहेको संगित करियरको प्रायोजन सम्झौता गरेर उनले करिब पचास लाख अमेरिकी डलर कमाएकी छन् । 

फिलिपिन्समा जन्मेकी बेल्ला अमेरिकी जलसेनामा प्रवेश गर्नुअघि १३ वर्षको उमेर देखि टेक्ससमा हुर्केकी थिइन् ।
याहुबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro