site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सञ्चार प्रतिष्ठान नियमावली खारेज गर्ने प्रदेश १ सरकारको निर्णय अदालतबाट सदर

विराटनगर । प्रदेश नम्बर १ सरकारको मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयविरुद्ध परेको रिट निवेदन उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गत मंसिर ९ गते गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली खारेज गर्ने निर्णय सदर गर्दै उच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गरेको हो ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासको फैसलाबमोजिम प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली खारेज गर्ने प्रदेश १ सरकारको निर्णय सदर भएको हो । संसद्बाट विश्वासको मत नै नलिई पूर्ववर्ती सरकारले गरेको जथाभाबी नियुक्ति खारेज गर्ने मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारको नीतिबमोजिम नियमावलीसँगै प्रतिष्ठान खारेजीमा परेको हो । प्रतिष्ठानमा पछिल्लो समयमा केही सदस्य थप नियुक्ति गरिएका थिए । 

यससम्बन्धी परेको रिटमा मंगलबार भएको बहसमा प्रदेश १ सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले बहस गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro