site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु अध्यक्षमा १७ जनाको उमेदवारी

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उमेदवारी परेको छ । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।

क्याम्पसले सार्वजनिक गरेको अन्तिम उमेदवार सूचीमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उमेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । 

Argakhachi Cement Island Ad

उनका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी संघबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उमेदवारी दर्ता गराएका छन् । 

आज साँझ ४ बजेसम्म उमेदवारमाथि दाबी–विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै साँझ ७ बजे उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । 

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ ।  

त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदै छ । नेपाल संस्कृत विश्वविद्यालयले भने स्ववियु निर्वाचनका निम्ति चैत १० को मिति तोकेको छ । रासस 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्