site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादी 

काठमाडौं । प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । शुक्रबार दिउँसो १२:३० बजे पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्न लागेको हो । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नै सरकारका गलत क्रियाकलाप, भ्रष्टाचार, बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । 

प्रचार विभागका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थतिबारे विशेष घोषणा गर्न लागिएको हो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता सहभागी हुने तय भएको छ । 

एकीकृत समाजवादी समाजवादी मोर्चामा पनि सहभागी छ । मोर्चाले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे काठमाडौंमा र्‍यालीसहितको कार्यक्रम घोषणा गरिसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro