site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले देशभरका वडामा मनायो होली, रविले घरमै मनाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका सबै वडामा होली पर्व मनाएको छ । 

रास्वपाले बिहीबार पार्टी कार्यालय वनस्थलीमा पनि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ होली पर्व मनायो । 

सो क्रममा उनीहरूले आपसमा रंग दलेर शुभकामना आदान प्रदान गरेका थिए । रास्वपा नेताहरूले आमसर्वसाधारणहरुलाई होलीको शुभकामना दिएका थिए । 

उनीहरूले आफ्ना सभापतिमाथि कानुनी हतियार प्रयोग गरेर अन्याय गरिएको दाबी गरेका थिए । 

रास्वपा सभापति रवि लामिछानेले भने घरमै होली मनाएका छन् । रविपत्नी निकिता पौडेलले लामिछानेले बिहीबार अपराह्न सामाजिक सञ्जालमा ‘मायाको रंगमा’ क्याप्सन राखेर श्रीमान् रविसँग घरमै होली मनाएको केही तस्बिर साझा गरेकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्