देश
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका सीडीओहरूको बैठकले सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने निर्णय गरेको हो ।
‘‘स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीमा प्रवेश नगराउने, चालक सहचालकले अनिवार्य मास्क, भाइजर पञ्जा लगाउनुपर्ने, र सवारी साधन दैनिक स्यानिटाइज गुर्नपर्नेछ,” प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ १६:३५
प्रतिक्रिया दिनुहोस्