site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चीन बस्ने मामाको योजनामा भान्जाले दिए साथ, दरैयामा बस्तीमा ‘५० करोड’ लगानीमा कृषि फार्म
Siddhartha BankSiddhartha Bank

विराटनगर । सञ्जयकुमार चापागाईं मामाको संगतले होटेल व्यवसायमा लागे । विराटनगर महानगरपालिका–१२, दरैया बस्तीका उनी गरिखानकै लागि काठमाडौमा धेरै वर्ष भौँतारिए । सेफ हुँदै होटेल म्यानेजरसम्म भएका चापागाईं फेरि मामामै संगतले कृषिकर्ममा होमिएका छन् । त्यो पनि अत्याधुनिक प्रविधिसहित ।

सञ्जयका मामा गजेन्द्र शर्मा बन्जारा स्वीट्जरल्यान्डमा होटेल म्यानेजमेन्ट पढेर नेपाल फर्किए । केही समय काठमाडौंमा आफैँ होटेलमा जागिरे भए । तर, आफ्नै व्यवसाय गर्ने हुटहुटी चल्यो ।

“भो भान्जा अब अरूकोमा काम नगरौँ, आफैँ होटेल चलाऔँ,” शर्माले हौस्याउँदै आग्रह गरे, “यसरी हुँदैन, अब आफ्नै होटेल चलाउनुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दुवैको सल्लाह मिल्यो । त्यसपछि काठमाडौंको अनामनगरमा खुल्यो, दि ढावा होटेल । यो ०५८ तिरको कुरा हो । माओवादी द्वन्द्व उत्कर्षमा थियो । त्यति बेलै राजा वीरेन्द्र शाहको वंशनाश भयो । अब के होला भन्ने अन्योलमा पनि परे मामा–भन्जा ।

“त्यो बेला दैनिक ५० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । यो कमाइ हिसाबले धेरै थियो त्यस बेला,” विगत सम्झँदै सञ्जयले भने ।

Global Ime bank

पछि शर्मा चीन गए । माओवादी द्वन्द्व उत्कर्षमा पुगेकै बेला सञ्जय विराटनगर फर्किए । फेरि होटेल व्यवसायतिर लागे । तर, द्वन्द्वको प्रभाव होटेल क्षेत्रमा परेको थियो । धेरै जम्न सकेनन् । सामान्य कारोबार मात्र भयो ।

चीन पुगेका उनका मामा अहिले त्यहाँको हिल्टन होटेलका जीएम छन् । चीनकै अर्को होटेल कोन्ड्राइडमा पनि जिम्मेवार पदमा छन् ।

भारत सीमाको विराटनगरस्थित दरैया बस्ती पिछडिएको क्षेत्र हो । प्रदेश प्रहरी कार्यालयको पश्चिम पर्खालनजिकै यो बस्ती छ । बन्जाराले फेरि आफ्नो ठाउँ सम्झिए । अनि भने, “भान्जा, अब आफ्नै ठाउँमा कृषि र काउ फार्म खोलौँ ।” सञ्जयले यो प्रस्ताव स्वीकार गरेर काम अघि बढाए ।

पाँच बिघा जमिन खरिद गरे । कृषि फार्मको योजना बन्यो । पहिलो चरणमा उनीहरूले आठ करोड रुपैयाँ लगानी गरे । दरैयामा काउ फार्म र एग्रिकल्चर फार्म सुरु भइसकेको छ । बन्जारा कृषि फार्म कुल पाँच बिघा क्षेत्रफलमा विभिन्न योजनासहित सञ्चालनमा आएको छ । उत्पादित दूध र अर्ग्यानिक तरकारी बजारमा बिक्री हुन सुरु भएको छ ।

“दैनिक पाँच हजार लिटर दूध र ५०० केजी अर्ग्यानिक तरकारी उत्पादन गरेर स्थानीय बजारमै व्यापार गर्ने योजना छ,” सञ्जयले भने, “२०० वटा गाईपालन गर्ने तयारी हो । अहिले ५० वटा छन् ।”

उनका अनुसार अहिले दैनिक रूपमा स्थानीय बजारमा ८०० लिटर दूध बिक्रीका लागि पठाउन थालिएको छ । २८ जनाले रोजगारी पाएका छन् । हालसम्म जग्गा खरिद र संरचना निर्माणमा आठ करोड लगानी भइसकेको छ ।

अब दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकहरूलाई बिक्री गर्ने योजना रहेको सञ्जयले सुनाए । उनले भने, “स्थानीय रूपमै हामीले बीउ र अर्ग्यानिक गड्यौले मल उत्पादन गर्ने तयारी गरेका छौँ ।” तेस्रो चरणमा सन् २०२३ सम्म कुल लगानी ५० करोड पुर्‍याइने एग्रोको तयारी छ ।

उत्पादिन वस्तुलाई सोझै उपभोक्तासम्म पुर्‍याउन विद्युतीय गाडीमार्फत बिक्री गर्ने र चीनबाट त्यस्ता गाडी हिँडिसकेकोले केही दिनभित्रै आइसक्ने सञ्जयले बताए ।

मंगलबार फार्मको निरीक्षणमा पुगेका पशु सेवा विभागका उपनिर्देशक डा. लेखराज दाहालले अब प्रविधिसहित कृषिलाई उकास्ने र व्यावसायिकीकरण गर्ने बेला भएको बताए । उनले भने, “स्थानीय रूपमा खुलेको फार्मबाट स्थानीय रूपमा रोजगारी समेत बढ्छ ।” हाल कृषि फार्मलाई मेघा र नेपाल इन्भेस्टमेन्ट बैंकले ऋण सहयोग गरेका छन् ।

“हाइब्रिड बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउँछौँ । स्थानीय रूपमा बीउ पनि उत्पादन गरेर दिन्छौँ,” सञ्जयले फार्मको योजना सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय