site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीएनआई वाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन 'सिनर्जी' सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन 'सिनर्जी' सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो ।

छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको बदलिँदो व्यावसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

परिसंघका निवर्तमान अध्यक्ष अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अनुभव सनाए । उनले सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको अग्रवालले बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको बताए ।

सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरूको अनुभव, भोगाइ र सिकाइ युवा उद्यमीहरूका लागि महत्त्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरुको प्रवर्द्धनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro