अर्थ व्यवसाय
-1722325179.jpg)
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सहमति जुटेको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संघका हालका उपाध्यक्ष सन्तोष कोइरालालाई अध्यक्ष बनाउने गरी सहमति जुटेको हो ।
अध्यक्षका लागि कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उमेदवारी दर्ता गराएका थिए । तर, हालका अध्यक्ष सुनिल केसीसहितको टोलीले आज कोइरालाकै पक्षमा सहमति जुटाउन सफल भए ।
त्यस्तै, उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीलाई अगाडि सारिएको छ । संघको ३८औँ साधारणसभा पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ १९:१६
प्रतिक्रिया दिनुहोस्