site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार करोडको फ्लड लाइट एक वर्ष नपुग्दै बल्न छाड्यो
विराटनगरस्थित सहिद रंगशालामा बिग्रिएको फ्लड लाइट ।  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । चार करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वर्ष दिन पुग्न नपाउँदै सहिद रंगशालाको फ्लड लाइट बल्न छाडेको छ ।

एक सातायता गरिएका परीक्षणका क्रममा टावरमा जडित फ्लड लाइटका बल्ब पड्किएका हुन् । अघिल्लो वर्ष निर्माण सम्पन्न भई सहिद रंगशालामा फ्लड लाइटमा रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रदेश नम्बर–१ सरकारको सामाजिक विकास मन्त्रालयले रंगशालामा लाइट जडान गर्न पाँच करोड बजेट दिएको थियो । विराटनगर महानगरपालिकाले समेत फ्लड लाइट जडानका लागि दुई करोड रुपैयाँ दिने घोषणा गरेको थियो । तर, पछि सामाजिक विकास मन्त्रालय एक्लैले बजेट दिएर टावर निर्माण र त्यसमा लाइट जडान गर्ने कार्य सम्पन्न भएको थियो । उक्त कार्यका लागि आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाइएको थियो ।

सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हरेक फ्लड लाइट फ्रेममा एक हजार वाटका २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएअनुरूप काम सम्पन्न भएको थियो । ३३ मिटरका चारवटा पोल रंगशालाको चारैतिर ठड्याएर १०८ वटा लाइट जडान गरिएको थियो । यसका निम्ति चार करोड २९ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।

Royal Enfield Island Ad

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद प्रोखरेलले रंगशालाका फ्लड लाइटले काम गर्न छाडेको विषयमा मन्त्रालयमा समेत जानकारी प्राप्त भएको बताए । “हामीले लगत्तै गएर निरीक्षण पनि गरिसकेका छौँ । समस्या देखिएको छ,” उनले भने, “मर्मत गराउन ठेकेदार कम्पनीसँग छलफल गरिसकेका छौँ ।”

हाइभोल्टेज बिजुली प्रवाह गर्दा प्राविधिक खराबीका कारण समस्या भएको हुन सक्ने प्रवक्ता पोखरेलले बताए ।

कोरोना संक्रमण सुरु हुनुभन्दा अघिल्लो वर्ष बाँसका टावर बनाएर भारतबाट फ्लड लाइट तथा प्राविधिक भाडामा झिकाएर प्रतियोगिता गरिएसँगै स्थायी संरचनाको माग उठेको थियो । तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेले निजी क्षेत्र र खेलसम्बद्ध संघ–संस्थाको माग सम्बोधन गर्दै स्थायी संरचना निर्माणको लागि काम अघि बढाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro