site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काजकस्तानमा किन दंगा र मृत्यु भएको छ ?

बीबीसी । काजकस्तानका सुरक्षा बलले मुख्य सहर अल्माटीमा दंगा नियन्त्रण गर्न दर्जनौँ प्रदर्शनकारीहरूलाई मारेको बताएका छन् । झडपमा १८ सुरक्षा अधिकारी मारिएका छन् भने सैयौँ घाइते भएका छन् । 

काजकस्तान कहाँ छ र यो कस्तो देश हो ?
काजकस्तान एक विशाल देश हो । यो आकारमा झण्डै पश्चिम युरोप जत्रो छ । रुस र चीन लगायतसँग सीमा जोडिएको यो देश मध्य एसियामा अवस्थित छ । 

सन् १९९१ मा सोभियत संघको पतनपछि यसले स्वतन्त्रता प्राप्त गरेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस देशमा विश्वका केही विशाल तेल भण्डारहरू छन् । यसले दैनिक १६ लाख ब्यारेल तेल उत्पादन गर्छ र अर्बौँ डलर विदेशी लगानी आकर्षित गरेको छ । 

यद्यपि, वार्षिक औसत आय दुई हजार पाँच सय पाउण्डभन्दा कम भएका जनसंख्यामा सम्पत्तिको लाभ पुगेको छैन । रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग बलियो सम्बन्ध भएका कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य राष्ट्रपति नुरसुल्तान नजरबायेभले काजकस्तानमा १८ वर्षसम्म शासन गरेका थिए । नजरबायेमका सालिक खडा गरियो र उनले नयाँ राजधानी अस्ताना निर्माण गरे, जसलाई पछि उनको सम्मानमा नुर–सुल्तान नाम दिइएको थियो । 

उनले वर्तमान राष्ट्रपति कासिम–जोमार्ट तोकायेभको लागि बाटो बनाएर सन् २०१९ मा राजीनामा दिए । 

काजकस्तानमा सार्वजनिक विरोधहरू सरकारी अनुमति बिना गैरकानुनी छन्, र अघिल्ला हडताल एवं प्रदर्शनहरूप्रति निकै कठोर रूपमा व्यवहार गरिएको छ ।
 
काजकस्तानमा के भएको छ ?
झनओजेन सहरमा २ ज्यानुअरीमा प्रदर्शन सुरु भएको थियो । तेलको हब (केन्द्र) मानिने झनओजेनमा दश वर्षअघि पनि प्रहरी र विरोधीहरूबीच घातक झडप भएको थियो । 

सुरक्षा बलहरूले अल्माटीमा सुव्यवस्था पुनस्र्थापना गर्ने प्रयास गर्दा दंगाकारीलाई मारेको बताएका छन् । प्रदर्शनकारीहरूले सहरका प्रहरी चौकीहरू नियन्त्रणमा लिन खोजेको प्रहरीले जनाएको छ । 

हिंसात्मक प्रदर्शनमा देशव्यापी रूपमा झण्डै एक हजार व्यक्तिहरू घाइते भएका बताइएको छ, जसमध्ये चार सयलाई अस्पतालमा उपचार गरिँदैछ र दर्जर्नौँलाई सघन कक्षमा राखिएको छ । 

राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले उनकै शब्दमा ‘२० हजार डाकुहरूले’ अल्माटीमा आक्रमण गरेको र सुरक्षा बलहरूलाई ‘चेतावनी बिना नै गोली चलाउन’ आदेश दिएको बताएका छन् । 

दंगा किन सुरु भयो ?
सरकारले एलपीजी ग्यासको मूल्यको सीमा हटाएपछि विरोध सुरु भएको हो । अन्य इन्धनभन्दा सस्तो भएकाले धेरै काजकहरूले आफ्नो कारलाई एलपीजी ग्यासबाट चल्ने बनाएका थिए ।
 
यद्यपि, सरकारले एलपीजीमा अनुदान जारी राख्न नसक्ने बताएको छ र मूल्य सीमा हटाउने निर्णयले यसको मूल्य लगभग दोब्बर बनाएको छ । 

यद्यपि, दंगाकारीहरूका अरु गुनासाहरू देखिन्छन् । कतिपयले नजरबायेभको नाममा नारा लगाउँदै उनको काँसको मूर्तिलाई तोड्ने प्रयास गरेका थिए । 

राष्ट्रपति पदबाट राजीनामा दिएपछि पनि नजरबायेभ काजकस्तानको सुरक्षा परिषद्को प्रमुखको रूपमा सरकारको बलियो स्थानमा रहे । पर्यवेक्षकहरूका अनुसार उनले आफ्नी छोरी दारिगालाई भावी नेताको रूपमा तयार गरिरहेका छन् । 

रुस कसरी संलग्न हुँदैछ ?
काजकस्तानका राष्ट्रपतिको अनुरोधमा रुसी ‘प्याराटु«पर्स’लाई काजकस्तानमा स्थिरता कायम राख्न मद्दत गर्न पठाइएको छ । उनीहरूलाई सामूहिक सुरक्षा सन्धि संगठन (कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन–सीएटो) को अधिकार अन्तरगत पठाइएको हो ।
 
यो रुस, काजकस्तान, बेलारुस, ताजिकिस्तान, किर्गिस्तान र अर्मेनिया सम्मिलित राष्ट्रहरूको समूह हो, जुन सोभियत संघको विघटनपछि स्थापित भएको थियो ।

हाल अर्मेनियाको अध्यक्षतामा रहेको सीएसटोले अल्माटीको समस्यालाई ‘विदेशीबाट प्रशिक्षित डाकु संरचनाहरूको आक्रमण’ भनी दोष लगाएको छ ।   

रुस काजकस्तानमा पहिले नै रहेको ग्यास पाइपलाइन, रुसी सैन्य अड्डाहरू र बायकोनुरमा रहेको रुसी अन्तरिक्ष स्टेशन जस्ता सम्पत्तिहरूको सुरक्षा गर्ने सैन्य उपस्थिति बढाउन इच्छुक छ । 

अब के हुन्छ ?
काजकस्तान सरकारले छुट दिइरहेको छ । सबै सवारी इन्धनको मूल्य छ महिनाको लागि नियमन गर्न आदेश दिँदै यसले एलपीजीको मूल्य सीमा हटाउने कार्य स्थगित गरेको छ ।
 
मन्त्रीहरूले पनि राजीनामा दिएका छन् । राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले सरकार ‘आफ्नो मुख्य कार्यहरूमध्ये मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न’ पूरा असफल भएको बताए । राष्ट्रपतिले अलिखान स्माइलोभलाई कार्यबाहक प्रधानमन्त्री नियुक्त गरेका छन् ।
 
प्रदर्शनकारीहरूले शान्तिपूर्वक आफूलाई व्यक्त गर्न पाउनुपर्ने भन्दै अमेरिकाले काजक अधिकारीहरूलाई ‘संयमता’ अपनाउन आग्रह गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro