site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले राम्रो काम नगर्दा कर्मचारीले दबाब दिनुपर्छ : गृहमन्त्री खाण
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनुपर्ने बताएका छन् ।  नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाणले युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्ने बताए ।

"निजामति कर्मचारी युनियन सबैको साझा हुनुपर्छ । युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्छ," मन्त्री खाणले भने ।

Agni Group
NIC Asia

उनले अन्य मन्त्रालयमाजस्तो गृह मन्त्रालयमा तोकिएको समयावधि नहुने पनि बताए । उनले गृह मन्त्रालयले संविधानमा लेखिएका, सरकारले बनाएका र मन्त्रालय आफैले बनाएका ऐन, नियम र कानुन कार्यान्वयन गर्ने र कतिपय अवस्थामा कतै नलेखेका विषयमा पनि काम गर्नु पर्ने भएकाले तोकिएको समयमा मात्रै काम गर्छु भनेर नपुग्ने बताए ।

तोकिएको समयभन्दा बढी काम गर्नु पर्ने भएकाले थप समयमा काम गरेमार्फत कम्तीमा खाजा खर्च थप गर्ने विषयमा आफूले अर्थ मन्त्रालयमा कुराकानी गरिरहेको पनि गृहमन्त्री खाणको भनाइ थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu