site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पशुपतिप्रसाद–२’ बन्दै छ ? भष्मे डन मुख्य भूमिकामा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सिरिज बनाउने लहर चलिरहेका बेला चलचित्र ‘पशुपतिप्रसाद’को सिरिज वा सिक्वेल बन्छ ? प्रायः बक्स अफिसमा सफल र मिश्रित समीक्षा बटुलेका चलचित्रका समेत  सिरिज बनिसकेका छन् । जस्तै : जात्रा, लुट, कबड्डी, नाईं नभन्नू ल, चपली  हाइट, दर्पणा छया, ए मेरो हजुर आदि । 

पशुपतिप्रसादको भने सिरिज वा सिक्वेल हालसम्म बनेको छैन । यद्यपि, अहिले पशुपतिप्रसादका निर्देशक, कलाकार तथा लेखकले यसको सिक्वेल बनाउने तयारी सुरु गरिसकेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्देशक दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने यतिबेला पशुपतिप्रसाद–२ को लेखनको अन्तिम चरणमा रहेको स्रोतको भनाइ छ । कथाको रिसर्च र लेखनमा लामो समय खर्चिएका दीपेन्द्र र खगेन्द्र अहिले कथा लेखिरहेका छन् । 

स्रोतका अनुसार यो पटक ‘भस्मे डन’ चरित्र (विपीन कार्की) मुख्य भूमिकामा हुने सम्भावना उच्च छ । यद्यपि, पशुपतिप्रसादलाई कथामा देखाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि लेखकहरु रहेका छन् । पशुपतिप्रसादमा पशुपतिप्रसाद अथवा खगेन्द्र लामिछाने मुख्य भूमिकामा थिए । 

Royal Enfield Island Ad

यद्यपि, निर्देशक, कलाकार, लेखक तथा निर्माण पक्षले भने यसबारे आधिकारिक जानकारी दिएको छैन । 

पशुपतिप्रसादपछि धनपतिमा पनि सहकार्य गरेका दीपेन्द्र र खगेन्द्र त्यसयता छुट्टा–छुट्टै काम गर्दै आएका छन् । दीपेन्द्रले आमा र चिसोमान्छे निर्माण गरिसकेका छन् । खगेन्द्रले अशोक शर्मासँग जयभोलेमा सहकार्य गरे भने आफैंले पानीफोटो निर्माण तथा निर्देशन गरिसकेका छन् । 

पानीफोटो र चिसो मान्छे प्रदर्शन हुन बाँकी छ । 

दीपेन्द्र र खगेन्द्रको सहकार्यमा राम्रा चलचित्र बनेकाले पुनः सिनेमामा उनीहरुको सहकार्य आवश्यक रहेको धेरैले अपेक्षा गरिरहेका बेला उनीहरु पुनः एकपटक जुट्न लागेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro