राजनीति
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।
संसद् र अदालतको गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप पौडेलले ओलीलाई भेटेका हुन् ।
जवाफमा ओलीले सभामुख अग्नि साप्कोटालाई हटाउनुपर्ने र पाँच दलीय गठबन्धन तोड्नुपर्ने सर्त राखेको नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
"अदालतमा पनि गतिरोध, संसद्मा पनि गतिरोध, राज्य व्यवस्थामा पनि गतिरोध, अर्थतन्त्र कहाँ पुग्दैछ । यस्तो अवस्थामा मुलुकका जिम्मेवार नेताले आफ्नो रिस जनता, लोकतन्त्र र राष्ट्रमा नपोखौँ । केही न केही निकास दिनुहोस् भनेँ मैले । उहाँले सभामुख निकाल्नुपर्छ, पाँच दलीय गठबन्धन तोड्नुपर्छ भन्नुभयो," पौडेलले भने ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८ १९:३०
प्रतिक्रिया दिनुहोस्